१३ कार्तिक २०८३, शुक्रबार

सिके राउतका तीन जनामाथि राज्यविरुद्ध अपराध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawatलहान, २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाइएको जिप्रका, सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

प्रहरीले सिरहाको धनगडीमाई नगरपालिका विष्णुपुरकट्टी निवासी ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका– ८ निवासी ३० वर्षीय विष्णुदेव चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका– २१ निवासी २० वर्षीय रमेश महतो र सोही नगरपालिका– १३ निवासी २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये चन्देश्वर महतो, विष्णुदेव चौधरी र सुदीपराज कुशवाहा राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएकाले उनीहरुमाथि राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो । उनीसँगै पक्राउ परेका सन्तोष महतो, रमेश महतोलाई तत्काल निर्दाेष देखिएकाले छाडिएको छ ।

फरार अभियुक्त २३ वर्षपछि पक्राउ

अदालतबाट करिब २३ वर्षअघि कैद सजाय पाएर फरार रहेकी एक महिलालाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको टोलीले जिल्ला अदालत सिरहाबाट गत २०४९ असोज २५ गते १ महिना कैद सजाय पाएर फरार रहेकी सिरहाको गोलबजार नगरपालिका– १ मुक्सार निवासी ४० वर्षीया कुमनी देवी राम (चमार)लाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो । पक्राउ परेकी रामलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, सिरहामा पेस गरिने उहाँले बताउनुभयो । रासस