३० आश्विन २०८३, शुक्रबार

अन्ततः भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि, अफगानिस्तान २-१ गोलले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Footballकाठमाडौं, १९ पुस । अन्ततः आयोजक भारतले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

घरेलु मैदान त्रिवेन्द्रम रङ्गशालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

विजेता भारतले सर्वाधिक सातौँ पटक उपाधि उचालेको छ । निर्धारित समयमा १–१ को बराबरी भएको खेलमा ३ मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन सकेन । त्यसपछि थपेको विशेष समयमा सुनिल क्षेत्रीले निर्णायक गोल गरेर भारतलाई उपाधि दिलाए ।