
काठमाडौं, १९ पुस । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि अफगानिस्तान र र आयोजक भारत आज साँझ प्रतिस्पर्धा गर्दैछन् ।
भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा नेपाली समयानुसार पौने ७ बजे डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र उपविजेता भारत आमनेसामने हुँदैछन् । दुई वर्षअघि नेपालमा नै भएको उक्त प्रतियोगितामा अफगनिस्तानले भारतलाई २–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा गरेको थियो । भारत गत संस्करणमा भोगेको हारको बदला लिँदै उपाधि चुम्ने दाउमा छ । भारतले यसअघि छैटौँ पटकसम्म उपाधि उचालिसकेको छ ।
यसअघि भएको सेमिफाइनल खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यसैगरी भारतले भने माल्दिभ्सलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्का यसअघि नै बाहिरिसकेका छन् । रासस















प्रतिक्रिया