इटहरी, २८ असार । सुनसरी जिल्लाको महेन्द्रनगर–५ श्रीलङ्का टप्पु क्षेत्रमा बसोवास गर्दै आएका सतिश चन्द्रवंशीको विषालु सर्पदंशबाट शनिवार मृत्यु भएको छ ।
बिहान घरमा चापाकलबाट पानी निकाल्ने क्रममा विषालु सर्पले टोकेको र उनलाई उपचारका लागि कोसी नदीपार गरेर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको चन्द्रवंशीका छिमेकी श्याम लिम्बूले जानकारी दिनुभयो ।
सप्तकोसी नदी पश्चिम श्रीलङ्का टप्पुमा बसोवास गर्दै आएका महेन्द्रनगर–५ का मानिसलाई वारिपट्टि आइपुग्न नै कोसी नदीमा तीन घण्टाभन्दा बढी समय लाग्ने गरेका कारण विषालु सर्पले टोकेर उपचारमा ल्याउन नै समस्या पर्ने कारणले धेरैको यसरी नै मृत्यु हुने गरेको छ ।
















प्रतिक्रिया