१ कार्तिक २०८३, आइतबार

एमालेको मतगणना पाँच बजेपछि मात्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, २८ असार । नयाँ नेतृत्व छनोटका लागि शुक्रवार बेलुकादेखि शनिवार बिहानसम्म भएको नेकपा एमालेको निर्वाचनको मतगणना शनिवार बेलुकीपखबाट मात्र सुरु हुने भएको छ ।

मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने भनिए पनि तयारी नपुगेको भन्दै निर्वाचन आयोगले मतगणनाको समय शनिवार साँझ ५ बजेका लागि सारेको छ । विहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि तयारी नपुगेको भन्दै अपराह्न ३ बजेका लागि समय सारिएको थियो ।

मतगणना दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदमा गणना गरिने मतपेटिका सम्वन्धित स्थानमा पु¥याएको हुने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो । अहिले निर्वाचन आचारसंहिता बनाउने लगायतका काम भइरहेका छन् ।

आयोगले दिएको जानकारी अनुसार सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिने छ । पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना सुरु गरिने छ ।