
मुम्बई । बलिउड अभिनेता अक्षयकुमार एक्शनले भरिएको नयाँ फिल्म लिएर आएका छन् ।
अक्षयकुमारले आगामी २२ जनवरीबाट प्रदर्शनमा आउने फिल्म ‘एयरलिफ्ट’को शनिबार राति ट्रेलर सार्वजनिक गरेका हुन् ।
शनिबार राति सामाजिक सञ्जालबाट फेसबुकबाट सार्वजनिक गरिएको फिल्मले राष्ट्रियताको विषयलाई दमदार उठाएको छ । उनले ट्रेलर हेरेपछि मानिसमा देशभक्तिको अनुभव हुने बताए । ‘एयरलिफ्ट’ले इराक–कुवैतबीच १९९०मा भएको युद्धपछि त्यहाँ फसेका भारतीयको कथालाई उठाएको छ ।
फिल्ममा अक्षय कुमार, निमरत कौर, अमृता कात्यालको भुमिका रहेको छ ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया