१ कार्तिक २०८३, शनिबार

मलेसियाका नेपालीबीच आत्मियता बढाउन सांगितिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya

– भानुभक्त आचार्य
मलेसिया । रकस्टार गुप्र पेनाङ्कोको आयोजनामा मलेसियास्थित पेनाङ्को शहरका विभिन्न स्थानमा साङ्गितिक कार्यक्रम हुने भएको छ ।

मलेसियामा रहेका नेपालीहरुलाई सांगितिक कार्यक्रममार्फत एकताको सन्देश र मनोरञ्जन दिलाउन कार्यक्रम हुने भएको हो । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रहसन देखाउने गुप्रका रमेश राइले बताए । उनका अनुसार फ्रेबुअरी ६ देखि १० सम्म चल्ने रकस्टार धमाका दोस्रो संस्करणको सास्कृतिक कार्यक्रममा चर्चित गायक राजेश पायल राई, हास्य कलाकार जितु नेपाल (मुन्द्रे), लोक गायिका सिर्जु अधिकारी, मोडल तथा नायिका चन्दा दाहाल, नृत्य निर्देशक तथा हस्य कलाकार पेमा लामा, बद्री घिमिरे लगायतको प्रस्तुति रहनेछ ।

४ दिन सम्म पेनाङ्का फरक फरक शहरमा संचालन गरिने कार्यक्रमको समय तालिका शनिवार सार्वजनिक गरिएको छ । फ्रेबुअरी ७ मा मेलसियाको सुङ्गाइ पतानी, ८ मा बुकिट जाम्बुल, ९ मा बिएम र १० मा तामान पर्बिरामा कार्यक्रम हुनेछ । घरबाट बाहिर रहेका नेपाली हरु बिच आत्मियता साटासाट गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको गुप्रका अर्जुन बिकले बताए ।