३० आश्विन २०८३, शुक्रबार

सर्लाहीमा चट्याङ लागेर वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarlahi-map

सर्लाही, २८ असार । चट्याङ लागेर शनिवार सर्लाहीको हरिवन नगरपालिका निवासी एक वृद्धको मृत्यु भएको छ ।
हरिवन नगरपालिका–१० स्थित सागरनाथ वन विकास परियोजनाभित्र रहेको खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ५५ वर्षीय अमरबहादुर गोलेको मृत्यु भएको हो ।

बिहान ८ः३० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका गोलेको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक महेश थापाले बताउनुभयो ।