१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइराला एक हप्ताको आरामपछि नेपाल फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil

काठमाडौँ, २८ असार । स्वास्थ्योपचारका लागि अमेरिकामा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चिकित्सकहरुसँग परामर्श लिनु भएको छ ।

उहाँले रेडियोथेरापी सकिएसँगै छातीको एक्स रे पनि गर्नुभएको छ । न्युयोर्कस्थित मेमेरियल स्लोन केटरिङ क्यान्सर अस्पताल पुगेर प्रधानमन्त्री कोइरालाले छातीको एक्सरे गराउनु भएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. करविरनाथ योगीले दिएको जानकारी अनुसार चिकित्सकहरुले कोइरालाको स्वास्थ्यमा सुधार आइरहेकाले एक हप्ता आराम गरेर स्वदेश र्फकन सुझाव दिएका छन् ।

फोक्सोमा देखिएको दांग क्यान्सर भएको पुष्टि भएपछि गत असार २ गत प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिकाको न्युयोर्क जानु भएको हो ।