विराटनगर, २८ असार । कोसी हरैचा नगरपालिका अन्तर्गत रहेको जुडीपैनीमा डुबेर एक मानिस आज मृत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोसी हरैचा नगरपालिका वडा नं १३ वस्ने ४५ वर्षीय रामबहादुर खड्का शुक्रबार साँझदेखि हराएकामा उक्त पैनीमा मृत फेला परेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया