१ कार्तिक २०८३, शनिबार

मण्डले प्रवृत्तिका नवलले फेरि निर्माता संघमा भाँडभैलो मच्चाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawal Khadkaकाठमाडौं । कलाकारको नाममा जेपनि गर्न पछि नपर्ने खोटाङ जिल्ला घर भएका नवल खड्काले फेरि नेपाली फिल्म क्षेत्रमा उत्पात मच्चाउन सुरू गरेका छन् ।

पदको भोको नवलले कलाकार संघबाट अवकास पाउनेवित्तिकै निर्माता संघ ताकेका छन् । आगामी महाधिवेशनमा निर्माता संघको अध्यक्षमा उम्मेदवारी दिन तम्सिएका नवल विधानअनुसार उठ्न पाउँदैनन् ।

उनले निर्माता संघका केही केन्द्रीय सदस्यहरूलाई उचालेर भ्रष्टाचारको नाममा विधान संशोधन गर्ने अभियानमा लागेका हुन् ।

यतिसम्मकी नेपाल चलचित्र निर्माता संघमा २५ लाख रुपैयाँ हिनामिना भएको दाबीसहित संघका ४० जना सदस्यलाई लिएर नवलले संघका अध्यक्ष राजकुमार राईलाई ज्ञापनपत्र बुझाइ सकेका छन् । नवलको राजनीति देखेर कलाकार र फिल्म क्षेत्रमा सबै चकित परेका छन् । संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी फागुनको अन्त्यतिर हुँदै छ ।

संघका अध्यक्ष राईलदे रकम हिनामिना भएको बारे संघको सम्पूर्ण हिसाबकिताब हेरेर मात्र आरोप लगाउन आग्रह गर्छन् । अध्यक्ष राईले भने, ‘सदस्य नवीकरणबापतको केही रकम उपाध्यक्ष उदय सुब्बासँग लिन बाँकी छ । म अध्यक्ष भएर आउँदा कोषमा २२ होइन, १२ लाख थियो, जसमध्ये कार्यसमितिको निर्णयबाट सापटीका रूपमा ५ लाख रुपैयाँ झिकिएको छ । अझै ७ लाख रुपैयाँ खातामा छ ।’ त्यो सापटी रकम कोषमा जम्मा गरिने पनि उनले बताए ।

तीन वर्ष नभएर दुई वर्षयता संघ नवीकरण हुन नसकेको अध्यक्ष राईले स्वीकारे । संघका पदाधिकारी निष्क्रिय भएका कारण कुनै आर्थिक आम्दानी र कार्यक्रम पछिल्लो समय नभएको पनि उनले प्रस्ट्याए ।

अध्यक्ष राईले नवल खड्कालाई निर्माता संघका सानातिना समस्यालाई पहाड बनाएर दूषित राजनीति नगर्न पनि आग्रह गरे । संघका लागि फर्निचर खरिद गर्दा र भाडा तिर्दा आफूले गोजीबाट ५ लाख रुपैयाँ हालेको पनि अध्यक्ष राईले प्रस्ट्याए ।

को हुन् नवल खड्का ?

खोटाङ जिल्लाको एउटा दुर्गम गाउँमा सामान्य परिवारका नवल नेपाली फिल्मका निर्माता हुन् । पैसा लगाएर आफै फिल्म बनाइ हिरो बनेका नवल एमाले, कांग्रेस, एमाओवादी, राजावादी हुँदै अहिले खाँटी गणतन्त्रवादी कलाकार हुन् ।

आफूलाई जता फाइदा हुन्छ त्यतै पुगेर नवलले आफ्नो स्वार्थ पूर्ति गर्छन् । पदमा जानका लागि जेपनि गर्ने उनको प्रवृत्तिले अहिले नेपाल चलचित्र निर्माता संघ पीडित बन्न पुगेको छ । अध्यक्ष बन्न नपाएपछि नवलले आफ्नै जिल्लाको खोटाङ समाजलाई फुटाएर उनले ‘खोटाङ महासमाज’ समेत बनाए । र अध्यक्ष बने ।

दशगजा फिल्म बनाएर एमाओवादीसँग पैसा अुसल्न भ्याए । एमालेका नेताहरूसँग मिलेर काठमाडौंमा मोजमस्ती र सम्पत्ति जोड्न भ्याए ।

कांग्रेसको पछि लागेर चलचित्र कलाकार संघको अध्यक्ष पड्काए । अहिले उनी खाँटी गणतन्त्रवादी नेता बनेका छन् । मण्डले प्रवृत्तिको व्यवहारका कारण नवलबाट नेपाली फिल्म क्षेत्र सधैँ आक्रान्त बन्दै आएको छ ।