
काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको चर्चित भिक्ट्री क्लब, लाउञ्ज एन्ड बारमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम सुरू गरेको छ ।
अंग्रेजी नयाँ वर्षलाई विशेष स्मरणीय बनाउन चाहनेहरूलाई लक्षित गरी भिक्ट्रीले न्यू एयर इभ अर्थात डिसेम्बर ३१ तारिख बिहीवार र जनवरी एक तारिख शुक्रवार विशेष कार्यक्रम गरेको भिक्ट्रीका सञ्चालक राम गिरीले जानकारी दिए ।
न्यू एयर इभमा गायक एड्रिन प्रधानको विशेष प्रस्तुति रहेको छ । सन् २०१६ को पहिलो रात अर्थात जनवरी १ तारिख शुक्रबार नवीन के भट्टराईले लाइभ प्रस्तुति गर्ने छन् ।
क्रिसमसको अवसरमा सविन राईको विशेष प्रस्तुति रहेको थियो । भिक्ट्रीले न्यू एयरमा चर्चित दुई गायकलाई उपस्थित गराएको हो ।
हरेक दिन चर्चित ब्याण्डको लाइभ प्रस्तुति रहने भिक्ट्रीले अब विभिन्न अकेजनमा प्रख्यात गायक/गायिकाको प्रस्तुति राख्ने जानकारी सञ्चालक गिरीले दिए ।
गायक/गायिका फ्यानलाई आफ्नो प्रिय कलाकारसँग भेटघाटको अवसर उपलब्ध गराउने तथा गायक/गायिकलाई पनि स्रोतामाझ प्रस्तुति दिने अवसर उपलब्ध गराउने लाइभ परफरमेन्स आयोजना गर्ने गरिएको सञ्चालक गिरीले बताए ।

अत्याधुनिक सुविधा सहितको भिक्ट्र अन्तर्राष्ट्रिय स्तरको लाउन्ज रहेको दावी व्यवस्थापक छ । पायक पर्ने लोकेसन तथा सुरक्षित गन्तव्य भएकाले भिक्ट्रीमा आउने ग्राहकलाई कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको अर्का सञ्चालिका प्रिन्सा श्रेष्ठले बताइन् ।
अंग्रेजी नयाँ वर्ष विशेष होस् भन्ने चाहना राख्नेहरूलाई भिक्ट्रीले विशेष ढंगले नै स्वागत गरेको सञ्चालिका प्रिन्साले बताइन् ।















प्रतिक्रिया