३० आश्विन २०८३, शुक्रबार

खेलकुदको विकासका लागि सरकारले पूर्ण सहयोग गर्ने: प्रधानमन्त्री ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौँ, १७ पुुस । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद राष्ट्रको पहिचान भएको हुँदा यसको विकास र विस्तारका लागि सरकारका तर्फबाट पूर्ण सहयोग गरिने बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा आज यहाँ आयोजित वाकाथुनमा बोल्दै उहाँले निजीगत, राजनीतिगत स्वार्थबाट माथि उठी राष्ट्रको हितको निम्ति पनि खेलजगतको विकासका लागि लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा अहिले भइरहेको अस्थायी समस्यालाई समाधान गर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । “राजनीतिक क्षेत्रमा रहेका वा राखिएका विभिन्न मतभेदहरु जुन छन् त्यसलाई सम्बोधन गर्न सकिने उचित कुरालाई सम्बोधन गर्छौं र नमिल्ने कुरालाई सम्झाउँदै अगाडि बढ्छौँ” – प्रधानमन्त्री ओली भन्नुहुन्छ ।

उहाँले देशमा शान्ति सुरक्षा, जनताको हकअधिकारको रक्षा र देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समृद्धिको बाटोमा अगाडि बढ्ने आमजनताको आकाङ्क्षालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग समन्वय गरेर अगाडि बढ्ने भनाइ व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा सञ्चालित वेबसाइटको उद्घाटन गर्नुभएको थियो । करिब दुई हजारजनाको सहभागिता रहेको वाकाथुन भृकुटीमण्डपबाट सुरु भई सहिदगेट, सुन्धारा हुँदै त्रिपुरेश्वरमा गएर टुङ्गिएको थियो । रासस