१३ कार्तिक २०८३, शुक्रबार

हेलमेट लगाउँदा होस् गर्नुस् ! अब ट्राफिक प्रहरीले नछाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trafficeरत्ननगर (चितवन), १७ पुस । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ ।

हेलमेटमा लापरबाही गर्ने र तालु मात्रै ढाक्ने जस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ । दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।

चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा जरिवाना लिने गरिएको छैन, जरिवाना लिँदैन भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उहाँले बताउनुभयो ।

यसैबीच ट्राफिक प्रहरीले आज सवारी जाँचका क्रममा १८० जना चालकलाई कारबाही गरेको छ । गएको २४ घन्टाको अवधिमा नियम उल्लङ्घन गर्नेहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट करिब रु एक लाख ६१ हजार राजस्व सङ्कलन भएको छ । जसमा ६ जना मापसे गरेर सवारी चलाउनेसमेत रहेका छन् । रासस