मुम्बई । बलिउड बादशाह शाहरुख खानको नयाँ फिल्म ‘फ्यान’को टिजर रिलिज भएको छ ।
मुम्बईमा आयोजित एक कार्यक्रममा ‘फ्यान’को टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै शाहरुखले राष्ट्रिय पुरस्कार नपाएकोमा गुनासो गरे ।
बक्स अफिसमा सुपरहिट भएका थुप्रै अवार्ड पाएपनि शाहरुख, सलमानजस्ता ठूला स्टारले राष्ट्रिय पुरस्कार पाएका छैनन् । आफूले राष्ट्रिय पुरस्कार नपाएको कुरालाई ठट्यौलो पारामा उनले भने– ‘राष्ट्रिय पुरस्कार पाएको दिन म रिटायर्ड हुन्छु ।’
मनिष शर्माले निर्देशन गरेको ‘फ्यान’मा शाहरुखले सुपरस्टार आर्यन र उनको फ्यानको डबल रोलमा अभिनय गरेका छन् । फ्यानको भूमिकाका लागि उनको लुक फरक बनाइएको छ ।















प्रतिक्रिया