काठमाडौँ, १६ पुस । असावधानीपूर्वक ग्यासको प्रयोग गर्दा विभिन्न किसिमका दुर्घटना बढेकाले यसको प्रयोगमा सावधानी अपनाउन दुईदिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
ग्यास विक्रेता महासङ्घले आज यहाँ गरेको कार्यक्रममा सभासद् राजेन्द्र केसीले सर्वसाधारणलाई ग्यास प्रयोगबारे सचेत गराउनु राज्यको दायित्व रहेको बताउँदै समयसमयमा चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका महासचिव चन्द्र थापाले उपभोक्ताले ग्यासको प्रयोग गर्दा रेगुलेटर र चुल्होको मासिक रुपमा नियमित परीक्षण गरेमा दुर्घटनामा कमी हुने बताउनुभयो ।
जनचेतनामूलक कार्यक्रमका निर्देशक दीपकमान श्रेष्ठले ग्यास प्रयोग गर्दा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । रासस












प्रतिक्रिया