१३ कार्तिक २०८३, शुक्रबार

प्रेस चौतारी भक्तपुरमा नयाँ नेतृत्व, अध्यक्षमा शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Som-Sharma

भक्तपुर, १६ पुस । प्रेस चौतारी भक्तपुरमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

बिहीबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनेमा अध्यक्षमा सोम शर्मा(बजागाई) (नेपाल टेलिभिजन÷समय समाज साप्ताहिक), उपाध्यक्षमा कबिता थापा (गोरखापत्र दैनिक), सचिवमा रामचन्द्र प्रजापति (परिर्वतनशील आवाज साप्ताहिक), सह–सचिवमा हेमराज ढकाल (रातोपाटी डट कम÷समदूरी साप्ताहिक) र कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ (सगरममाथा टेलिभिजन)का रहेका छन् ।

सदस्यमा जयराम बास्तोला (इमेज टेलिभिजन), जितेन्द्र न्यौपाने (अरनिको टेलिभिजन), सबिता हाडा (समज समाज साप्ताहिक) लगायतका १३ सदस्य नयाँ कार्य समिति सर्व सर्वसम्मत चयन गरेको हो ।