१ कार्तिक २०८३, शनिबार

मोदी आतंकवादीको प्रमुख निशानामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

काठमाडौं, १६ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सबैको नजरमा छाएका छन् । फरक यति छ कि कसैले राम्रो नजरले हेर्छन् त कसैले खराब ।

हाल नाकाबन्दीका कारण आम नेपालीले उनलाई खराब नजरबाट हेर्न थालेका छन् । यसैगरी असहिष्णूतालाई प्राथमिकता दिएको, मुश्लीम धर्मलाई भेदभाव गरेको भन्दै विश्वकै कुख्यात आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)को खराब नजरमा पनि मोदी परिसकेका छन् ।

यति हुँदाहुँदै पनि फेरि मोदी अर्काे आतंकवादी संगठनको खराब नजरमा पर्न सफल भएका छन् । भारतीय राष्ट्रिय सुरक्षा एजेन्सीका अनुसार नयाँ वर्षमा पाकिस्तान नजिक मानिने आतंकवादी संगठन लश्कर–ए–तैयबा देशका महत्वपूर्ण स्थलहरुमा हमला गर्नसक्छ । भारतीय पत्रिका अमर उजालामा प्रकाशित समाचार अनुसार लश्करको प्रमुख निशानामा मोदी परेका छन् । खुफिया एजेन्सीको रिपोर्ट भन्छ- प्रधानमन्त्री मोदी र संसद भवनमाथि लश्करले आँखा लगाएको छ । यहाँ कुनैबेला पनि अप्रिय घटना हुनसक्छ ।

यसै साता मोदी पाकिस्तान भ्रमणमा गएपछि रिसले मुरमुरिएको लश्करले मोदीमाथि नै आक्रमण गर्ने योजना बनाएको रिपोर्टमा उल्लेख छ । भारतले शासन गरिरहेको जम्बू कश्मिर स्वतन्त्रताका लागि लडिरहेको लश्करलाई पाकिस्तानले पनि अनौपचारिक रुपमा सहयोग गरेको बताइन्छ ।

लश्करका लडाकुहरु भारतको परमाणु संस्थानहरुमा र सेनाको मुख्यालयमा पनि हमला गर्नसक्छन् । सुरक्षा एजेन्सीले जारी गरेको अलर्टमा भनिएको छ– लश्करका १८ आतंकवादी लडाकु सीमा पार गरेर देशमा घुसिसकेका छन् । र उनीहरु जुनसुकै बेला पनि हमला गर्न सक्छन् । रिपोर्टका अनुसार सबै आतंकवादी लडाकु भारतमै छन् ।

मोदीको केन्द्र सरकारले सबै राज्यमा कुनै पनि प्रकारको आतंकवादी वा तोडफोडको कारवाही विफल पार्नका लागि अलर्ट रहन निर्देशन दिएको भोलिपल्टै सुरक्षा एजेन्सीले आफ्नो रिपोर्टमार्फत यस्तो खुलासा गरेका हुन् । उनीहरुले उक्त रिपोर्टलाई गृह मन्त्रालयमा बुझाएका छन् ।

नयाँ वर्षको अवसरमा लोकप्रिय पर्यटकीय स्थलमा पनि हमला हुनसक्ने दाबी गरिएको छ । खुफिया एजेन्सीहरुले राष्ट्रिय स्तरमा नै निर्देश जारी गरेर सबै राज्यका भीडभाड हुने क्षेत्रमा थप पुलिस फोर्स तैनाथ गर्न भनेको छ । रेलवे स्टेशन, टर्मिनल, बजारहरु र धर्मिक स्थलहरुमा विशेष निगरानी गर्न आदेश गरेको छ ।

भारतका मुख्य सहर दिल्ली, मुम्बई, कोलाकाता, चेन्नई, बंगलौर, हैदराबाद र गोवा जस्ता सहरहरुमा प्रहरीलाई सर्तक बस्न भनिएको छ ।