३० आश्विन २०८३, शुक्रबार

सात महिने दुधे बालिकालाई आमाको जिम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sap

राजविराज, २७ असार । सप्तरीको ठेलिया गाविस–७ गोरपारकी सात महिनाकी बालिकालाई जिल्ला अदालतले उनकी आमाको जिम्मा लगाएको छ ।

अदालतको आदेशमा बालिका कीर्तीकुमारी खंगलाई जिल्ला अदालतले बिहीबार उनकी आमा १६ वर्षीया मनिताकुमारी खंगको जिम्मा लगाएको हो ।

जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको आदेशले बालिकालाई आमाको जिम्मा लगाउने आदेश दिएपछि बालिकाका बुबा देवनारायण खंगले तत्कालै अदालतमा आमा मनितालाई बालिका सुम्पेका छन् ।

बालिकाकी आमाले पति देवनारायणसहित ससुरा लक्ष्मण खंग, सासू सरस्वती खंग र जेठाजू सुरजा खंगले दुधेबालिकालाई खोसी घरनिकाला गरेको भन्दै जिल्ला अदालतमा गत आइतबार घरेलु हिंसा मुद्दा दर्ता गरेकी थिइन् ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले बालिकालाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन आरोपितका नाममा गत मङ्गलबार आदेश दिएका थिए ।

सामाजिक परम्पराअनुसार ०६९ वैशाख १८ गते देवनारायणसँग विवाह गरेकी मनिता गत असार ७ गते घरबाट निकालिएपछि लोहजरा गाविस–८ स्थित माइतमा बस्दै आएकी छन् ।

उता देवनारायणले मनिता स्वयम्ले बालिकालाई अलपत्र पारी घर छाडेर गएको बताएका छन् ।