१ कार्तिक २०८३, शनिबार

मिष्टर नेपालका लागि २१ छनौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mister-nepal

काठमाडौ । एक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगिता ‘मिष्टर नेपाल२०१६’ का लागी २१ युवा छानिएका छन् ।

राजधानी र मोफसलका सहरमा आयोजित बिभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागी छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शीर्ष उपाधिका लागि भिड्ने छन् ।

मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए ।

युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनित्व गर्न सक्ने जिम्बेवार नागरिक बनाउने उदेश्य प्रतियोगीताको रहेको छ । १६ देखी ३५ ननाघेका युवाहरुको प्रतियोगीतामा सहभागिता रहनेछ ।

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागी रक क्लाइमिङ, स्वमिङ, फुटबल, सर्ट हाइकिङग, समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व बिकाशलगायतका बिधाका बिशेष प्रशिक्षण दिइनेछ ।

प्रतियोगितामा शीर्ष सहित बिभिन्न बिधामा बिजेता चुनिनेछन् । सन् २००१ बाट सुरु भएको ‘मिष्टर नेपाल’मा रोपहत थेवे, जिवन लुइटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिल्वाल, सन्दिप पोखरेल लगायत बिजेता छानिएका छन् ।