१ कार्तिक २०८३, शनिबार

अफगानिस्तानमा थप अमेरिकी सेना आवश्यक: अमेरिकी जर्नेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Platoon MOUT trainingवासिङ्टन, १५ पुस । अमेरिकी सेनाका एकजना जर्नेलले अफगानिस्तानमा थप नयाँ अमेरिकी सैनिक आवश्यक पर्नसक्ने जनाएका छन् ।

अमेरिकामा रहेको नेटो सैन्य समूहको कमाण्डरसमेत रहेका उनले भने– अफगानिस्तानको स्थानीय क्षेत्रमा अहिले पनि तालिवानको त्रास कायमै रहेकोले हाल त्यहाँको सैनिकलाई सघाउनका लाथि थप अमेरिकी सैनिक आवश्यक पर्नसक्छ ।

जर्नेल जोन क्याम्पबेलले राखेको सो धारणा अमेरिकी पत्रिका युएसए टुडेको मङ्गलबारको संस्करणमा प्रकाशन गरिएको छ ।
उनले सन् २०१५ को मध्यतिरबाट अफगानिस्तानको सुरक्षाको अवस्थामा पनि ह्रास आइरहेको भन्दै त्यसका लागि थप नेटो सैनिक अफगानिस्तानमा हुनु आवश्यक देखिएको पनि बताएका हुन् ।

सन् २०१५ को अन्त्यतिर आएर अफगानिस्तानमा तालिवानको आक्रमणका घटनामा बृद्धि भइरहेको जानकारी पनि उनले दिए ।
सो अन्तरवार्तामा उनले भनेका छन्– यस समयमा तालिवानले सर्वसधारण एवम् अफगान सेनामाथिको आक्रमण र हत्या बढाएको छ । त्यसका कारण अफगान सुरक्षाबल मारिने क्रम बढेको छ ।

यसअघि गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ को अन्त्यसम्ममा अफगानिस्तानमा करिब दश हजार मात्र सेना बाँकी रहने र त्यस अगावै अरुलाई फिर्ता गरिसक्ने जानकारी दिनुभएको थियो ।

त्यसपछिको पहिलो यो अमेरिकी आधिकारिक भनाई हो । उनले सो अन्तरवार्तामा भनेका छन्– मैले राष्ट्रपति ओबामालाई पनि जतिसक्दो धेरै सङ्ख्यमा अमेरिकी सेना अफगानिस्तानमा राख्न आग्रह गर्नेछु ।

हाल अफगानिस्तानमा करिब २० हजारको सङ्ख्यमा मात्र अमेरिकी सेना रहेका छन् । ती सेनाले अफगानिस्तानमा तालिवानका विरुद्ध लडिरहेको अफगान राष्ट्रिय सेनालाई सल्लाह र तालिम दिनेगर्छ ।

अफगानिस्तानमा रहेको नेटो सेनाले गतवर्ष नै अफगानिस्तान छोडिसकेको छ । त्यहाँ नेटो आवद्ध विभिन्न देशका करिब एक लाख सैनिक कार्यरत रहेका थिए । रासस/एएफपी