
बुटवल, १५ पुस । बुटवलमा मंगलबारबाट सुरु भएको स्व. किरण गुरुङ्ग स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल सम्पन्न भएका छन् ।
बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१५, अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना गरिएको प्रतियोगिता आज (बुधबार) पाल्पा, बाग्लुङग र म्याग्दी विजयी भएका हुन ।
लिग चरणमा सम्पन्न खेलमा पाल्पाले कपिलबस्तुलाई ३–० को सोझो सेटले हरायो । त्यस्तै दोस्रो खेलमा अर्घाखाँचीलाई ३–० ले हराउँदै बाग्लुङ विजयी भयो । लगातार दुई खेलमा पराजित भएको अर्घाखाँची प्रतियोगिता बाट बाहिरिएको छ । त्यस्तै बुधबार भएको अन्तिम खेलमा ३–१ को सेटले कपिलबस्तुलाई हराउँदै म्याग्दी लिग चरणको पहिलो खेलमा विजयी भएको छ । दुई खेलमा पराजित भएको कपिलबस्तु पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा बहिरिएका दुई जिल्ला अर्घाखाँची र कपिलबस्तुलाई मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिलन राना र रुपन्देही व्यापार संघका महासचिव डिल्लीराज भण्डारीले नगद १०, १० हजार प्रदान गरी विदाई गरे ।
प्रतियोगितामा विहिबार पनि ३ खेल सम्पन्न हुनेछन् । पहिलो खेल गुल्मी र बाग्लुङका बीच हुनेछ । त्यस्तै दोस्रो खेल पाल्पा र म्याग्दीका बीच हुने आयोजकले जनाएको छ । अन्तिम खेल दुई खेलको नजिता पछि तय हुनेछ । प्रतियोगितामा गुल्मी, स्याङजा, पर्वत, पाल्पा, अर्घाखाँची, गोर्खा, नवलपरासी, रुपन्देही, म्याग्दी, बाग्लुङग र कपिलबस्तु गरी ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजयी टिमले नगद ६० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतिय टिमले नगद २० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत सम्मान गरिनेछ ।















प्रतिक्रिया