काठमाडौ, २७ असार । संयुक्त राष्ट्रसंंघले आह्वान गरे अनुसार हरेक बर्ष जुलाई ११ मा मनाउदै आएको विश्व जनसंख्या दिवस यो बर्ष पनि नेपालमा मनाइएको छ ।
विश्व दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम भएका छन् । ‘युवामा लगानी गरौं’ भन्नेनारासहित नेपालमा यो दिवस मनाइएको छ । दिवसकै अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले शुभकामाना दिदैँ देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताउनु भएको छ ।
यस्तै मन्त्रालयका सचिव डा प्रविण मिश्र र सहसचिव टोप नारायण शर्माले पनि दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँहरुले देश विकासमा युवा परिचालनका साथै उनीहरु माथि राज्यले संवेदनशील भएर लगानी गर्न सके प्रतिफल पाउन सकिने बताउनु भएको छ ।
विश्वमा १० देखि २४ वर्षलाई युवा मानिन्छ ।
















प्रतिक्रिया