पोखरा, १५ पुस । कास्कीमा एकै परिवारका ४ जना मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार विहान पोखराको चाउथे प्रगति टोलमा एकै घरका ४ जना मृत भेटिएका हुन् ।
मृत भेटिनेमा ३६ वर्षीया सीता राना, ११ बर्षीय छोरा सीमान्त राना, सिताकी आमा ५६ बर्षीया गंगा कुमारी फाल र छोरी नातापर्ने २८ बर्षीय बसन्ती राना रहेका छन् । उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।
घरबाहिर सामान्य आगलागी भएको अवस्थामा प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो । आगलागी के कारणले भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि कास्कीको लेखनाथ नगरपालिकामा पनि निसास्सिएर बावु र छोराको मृत्यु भएको थियो ।












प्रतिक्रिया