१ कार्तिक २०८३, आइतबार

नयाँ नेतृत्व छनोटका लागि एमालेमा मतदान सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौ, २७ असार । नयाँ नेतृत्व छनोटका लागि राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनमा केही बेर अघि मात्र मतदान सुरु भएको छ ।

निर्धारित समय भन्दा करिव ८ घण्टा ढिलो गरी मतदान सुरु भएको हो । शुक्रवार विहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि मतपत्र पछार्इमा ढिलाई भएकोलगायतका समस्या देखाउँदै निर्वाचन आयोगले ४ बजेबाट मतदान सुरु गरेको हो ।

२ हजार १ सय ७६ प्रतिनिधि सहभागी रहेको उक्त मतदानमा पदाधिकारी र अन्य गरी दुई बटा मत पेटिका राखिएको छ । पदाधिकारी, खुला, समावेशी र बैकल्पिक केन्द्रीय सदस्य, अनुशासन अयोग र लेखा गरी ६ बटा मत पत्रमा मतदान गर्नु पर्नेछ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबै प्यानल नै बनाएर मैदान ओर्लिएपछि अहिले दुबै तर्फका प्रतिनिधि र कार्यकर्ता भृकुटी मण्डप वरीपरि आ–आफ्नो प्यानलमा भोट माग्न व्यस्त बनेका छन् ।