१ कार्तिक २०८३, शनिबार

डिस्को जक्की रुपक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12355300_963082960413495_867541759_nलक्ष्मी काफ्ले/झापा

२० वर्षको उमेरदेखि नै डिजे (डिस्को जक्की) बनेका रुपक सापकोकोटा कहिलेकाहिँ मात्र फुर्सदमा हुन्छन् । दमकमा स्थायी बसोबास गर्ने २७ वर्षीय यी युवा एक निजी विद्यालयको डाइरेक्टर पनि हुन् । दमकमा उनको आफ्नै सुन पसल पनि छ ।

काठमाडौँको बुम इन्टरनेशनल एकेडेमीमा उनले डिजे ट्रेनिङ लिए । विगत सात वर्षयता डिजे बनेर उनी पूर्वका विभिन्न स्थान पुगिसकेका छन् । के हो डिजे भनेको ? ‘क्राउडमा नयाँ–नयाँ बिटमा म्यूजिक दिएर, लाईट मिक्स गरेर दर्शकलाई अझ उर्जा दिने काम गर्छ डिजेले,’ उनी भन्छन्, ‘डिजेले बजाएको साउण्डले बेग्लै आनन्द आउँछ ।’

पूर्वमा डिजेको प्रचलन भित्रिएको लगभग १० वर्ष भयो । ‘दमकमा पहिलो डान्स पार्टी गर्ने डिजे हामी नै हौँ,’ उनले भने, ‘विवाह, पार्टी, क्रिश्मसलगायत कार्यक्रमहरुमा बोलाइरहनुहुन्छ ।’ झट्ट हेर्दा सामान्य लाग्छ । एउटा डिजे प्लेयर, हेडफोन र गीतका केही सीडीहरु बोकेर उनी कार्यक्रममा जान्छन् । तर, उनले बजाएको साउण्डले त्यहाँको माहोल तात्न केही बेर पनि लाग्दैन । कमाई पनि राम्रो छ । एउटा कार्यक्रमको उनी कम्तिमा २० हजार रुपैयाँ लिन्छन् ।

12366529_963082930413498_383401270_n‘नेपाली, हिन्दी, इङ्लिश सबै मिक्सिङ गरेको गीतहरु बजाउनुपर्छ,’ अनुभव सुनाउँदै उनले भने, ‘ट्रेनिङ लिएका डिजे त कमै छन् पूर्वमा ।’ रुपकले रिमिक्स गीतहरुको एउटा एल्वम पनि निकाले ४ वर्ष अगाडि । ‘फलो मी’ नाम गरेको एल्वममा गायक टङ्क बुढाथोकीको स्वर रहेको छ ।

कुराकानीका क्रममा रुपकले लालबन्दी महोत्सवमा एड्रिन प्रधान आउँदा आफू डिजे रहेको पनि सुनाए । उनी दमक, बिर्तामोड, शनिश्चरे, चुलाचुली, उर्लाबारीलगायत स्थानमा हुने विभिन्न कार्यक्रमहरुमा डिजेका रुपमा उनकै खाजी हुन्छ । व्यापारसँगै डिजेमा पनि अघि ब्ढ्ने लक्ष्य रहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘कार्यक्रमको आयोजना गरेर जस्तोसुकै डिजे बोलाउनु भन्दा प्रोफेसनल र सीप भएको डिजेलाई रोज्नु उपयुक्त हुन्छ ।’