२३ कार्तिक २०८३, सोमबार

मधेसबाट ‘पत्तासाप’ हुने डरले एमालेका लोकप्रिय नेता यादवको हत्याः युवा संघ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari--

काठमाडौँ, १४ पुस । युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले मधेसी दलले राजनीतिक र वैचारिक प्रतिस्पर्धामा उत्रन नसकेपछि व्यक्ति हत्याको तहमा ओर्लिएको बताउनुभएको छ ।

नयाँ संविधानबारे तराई मधेसमा संवाद सञ्चालन गरिरहेको सङ्घले सर्लाहीका एमालेका जिल्ला सदस्य रामनरेश यादवको हत्याको विरोधमा थप आवाज बुलन्द गर्ने पनि उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो- वैचारिक रुपमा परास्त भएर मधेसमा अस्तित्व संकट परेपछि एमालेका लोकप्रिय नेताको हत्या भयो ।

अध्यक्ष पहारीले भन्नुभयो, “नेपाललाई भुटानीकरण र सिक्किमीकरण गराउने र अखण्डतालाई बिथोल्ने तत्वले तराई मधेसमा आन्दोलनका नाममा अराजकता मच्याएको छ । यसको हामी भण्डाफोर गर्न चाहान्छौँ ।

उहाँले तराईमा विगतमा वितरण गरिएको नागरिकता छानबिन गर्नुपर्ने, भारतका ग्राम पञ्चायतमा निर्वाचन हारेका व्यक्ति नेपालको संसद्मा निर्वाचितसमेत भएका घटनाको छानबिन गर्नुपर्ने माग पनि गर्नुभयो ।

अर्काे सन्दर्भमा अध्यक्ष पहारीले मुलुकमा अन्य समस्या भएका समयमा मन्त्रिमण्डल विस्तार भएकामा पनि विरोध गर्नुभयो । सङ्घको केन्द्रीय टोलीले पूर्वको मेचीबाट जागरण अभियान सञ्चालनका क्रममा अध्यक्ष पहारी, उपाध्यक्ष दिलुकुमारी पन्त, प्रवक्ता प्रभातविक्रम कटवाल लगायतको टोली परिचालन गरेको छ ।

हत्या विरोधमा प्रदर्शन

यसैबीच, नेकपा (एमाले) का सर्लाही जिल्ला कमिटीका सदस्य रामनरेश यादवको आज भएको हत्याको विरोधमा आज एमाले–सर्लाही काठमाडौँ सम्पर्क मञ्च र अनेरास्ववियुले यहाँ प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा उत्रिएकाहरुले दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनीपछि आयोजित कोणसभामा सांसद्हरु हरि उप्रेती, दुलारी देवी र अनेरास्ववियुका सचिव राधिका खतिवडा तथा मञ्चका अध्यक्ष सञ्जीव काफ्लेले सम्बोधन गर्नुभयो ।

उहाँहरुले यस्ता अराजक कार्यको विरोधमा एमाले मेची महाकाली उत्रन पनि तयार रहेको जनाउ दिनुभयो । प्रदर्शनीमार्गबाट सुरु भएको ¥याली रत्नपार्क बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगी समापन भएको थियो । रासस