१ कार्तिक २०८३, आइतबार

डोल्पामा नकाबधारीले चार लाख बढी रकम लुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolpa_district_map

जाजरकोट, २७ असार । डोल्पा जिल्ला त्रिपुराकोट गाविस– ९ स्थित करेलीकाँडामा गएराति लाखौँको लुटपाट भएको छ ।

राति १० बजेको समयमा आठ/दश जनाको समूहमा आएका नकाबधारीले करेलीकाँडाका छिरिङ ग्याल्जन लामाको घरमा कटुवा पेस्तोल कानमा तेस्र्याएर नगद रु चार लाख लुटेका छन् ।

आफूसँग भएको यार्चागुम्बा पनि लुट्न खोजेको र गाउँमा होहल्ला मच्चिएकाले गाउँलेहरु सबै जम्मा भएर घेरा हालेपछि लुटेराहरु चच्चुको लेकतर्फ भागेको लामाले टेलिफोनमार्फत जनाएका छन् ।

शुक्रवार बिहान इलाका प्रहरी कार्यालयलाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक रोमहर्ष सिजुवालको नेतृत्वमा १० जना तथा लिकु र पहाडा इलाका प्रहरी कार्यालयबाट टोली खटाई अपराधीलाई उम्कन नदिने प्रयास गरिएको प्रहरी नायब निरीक्षक सिजवालले जानकारी दिनुभयो ।