३० आश्विन २०८३, शुक्रबार

अब मात्र ७१६ रुपैयाँ टिकटमा हवाई जहाज चढ्नुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SpiceJet_Boeing

काठमाडौं, १४ पुस । स्पाइसजेट कम्पनीले ग्राहकका लागि ‘ह्याप्पी न्यू ईयर सेल’ उपहार योजना ल्याएको छ ।

नयाँ वर्षको अवसरमा कम्पनीले चार महिना लागि अहिलेसम्मकै सस्तो टिकटको घोषणा गरेको छ । वर्ष २०१६ को १५ जनवरीदेखि १२ अप्रैलसम्मको बीचमा यात्रा गर्नका लागि न्यूनतम भाडा ७१६ रुपैयाँ कायम गरेको हो ।

यो अफरका लागि ३१ डिसेम्बरसम्म बुकिंग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । भारतको यो कम्पनीले विश्वभरीका यात्रुले यो सेवा लिनसक्ने जनाएको छ । टिकेट बुकिंगका लागि २४ सै घण्टा सेवा दिइनेछ ।

यसरी गर्न सकिन्छ टिकट बुकिंग

हैप्पी न्यू ईयर सेलमा स्पाइसजेट कम्पनीको वेबसाइटबाट टिकट बुक गराउन सकिनेछ । स्पाइसजेट मोबाइल एप, ट्राभल एजेन्सीलगायतका माध्यमबाट पनि टिकेट बुक गराउन सकिन्छ । (एजेन्सीको सहयोगमा)