३० आश्विन २०८३, शुक्रबार

टर्कीको आकाशमा नेटो सैनिक विमानले निगरानी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neto force

बर्लिन (जर्मनी), १४ पुस । उत्तर एटलान्टिक सहयोग सङ्गठन (नेटो) ले वायुयानबाट सिर्जित हुने खतरा नियन्त्रणका लागि निरीक्षण गर्न यसका विमानलाई टर्कीको आकाशमा परिचालन गर्न लागेको जर्मनीका सुरक्षा अधिकारीले बताएका छन् ।

जर्मनीका रक्षामन्त्रीका प्रवक्ता बोरिस न्यान्टले टर्कीको आकाशमा परिचालन गरिने विमान विल्कुल सुरक्षा नियमनका लागि प्रयोग हुनेमा विश्वस्त हुन सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

नेटोको यो योजना तुरुन्तै प्रयोगमा ल्याइन लागेको पनि उहाँले बताउनुभयो ।

तर, कति विमान र चालकलाई कहिलेदेखि यस कार्यका लागि खटाइने छ भन्ने विषयमा अधिकारीले केही बताएका छैनन् । निरीक्षणका लागि विमान टर्कीको कोन्या सहर वरिपरीको आकाशमा रहने प्राप्त समाचारमा जनाइएको छ ।

रसिया र टर्कीबीच पछिल्लोपटक टर्कीले मस्कोको युद्धक विमानलाई खसाले पछि यी दुई देशबीच देखिँदै आएको तनाव कम गर्ने प्रयासस्वरुप नेटो सम्बद्ध राष्ट्र संलग्न बैठकले यही डिसेम्बर १८ मा निरीक्षणका लागि विमान पठाउने निर्णय गरेको थियो ।

वायुयान खतरा नियन्त्रणका लागि पठाइने विमानले टर्की लगायतका भूमध्यसागरिय क्षेत्रमा अवस्थित विभिन्न मुलुकको सिमानामा निगरानी गर्नेछ । रासस/एपी