लहान, १४ पुस । थारु आन्दोलनलाई थप सशक्त पार्नेलगायतका ११ बुँदे लहान घोषणापत्र जारी गर्दै थारु महिलाको राष्ट्रिय भेला सोमबार साँझ सकिएको छ ।
घोषणापत्रमा थारु आन्दोलनलाई थप उचाइमा पु¥याउन विभिन्न जिल्लामा जिल्ला भेला, विरोधसभा आयोजना गर्ने, थारु आन्दोलनमा महिलाको सक्रियता बढाइने, थारू महिलासभाको सङ्गठन सुदृढीकरण गर्नेलगायत उल्लेख गरिएको छ ।
दुई दिनसम्म उक्त चलेको भेलामा १५ जिल्लाका २०० भन्दा बढी अगुवा थारु महिलाको सहभागिता थियो ।
थारु महिलासभाका केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीको अध्यक्षता तथा थारू कल्याणकारिणीसभाका संरक्षक अमृत खाँ थारूको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा थारु कल्याणकारिणीसभाको केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीलगायतको सहभागिता थियो । रासस












प्रतिक्रिया