
लहान, १३ पुस । लहान नगरपालिका–७ स्थित बजारमा आज भएको आगलागीबाट पाँच पसल जलेर नष्ट भएको छ ।
लहान नगरपालिका–७ स्थित घुरन साफीको होटलबाट सुरु भएको आगलागीबाट साफीको होटल, घनश्याम पासवान र रामनारायण गुप्ताको तरकारी पसल, सन्तोष पासवानको फलफूल पसल र अमर नायकको फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
आगलागीबाट खाद्य पदार्थ, तरकारी, फलफूल र फेन्सी सामान जलेर नष्ट हुँदा करिब रु चार लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ । लहान नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । रासस












प्रतिक्रिया