१३ कार्तिक २०८३, शुक्रबार

तराई समस्याको समाधान खोज्न आयोगको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौँ, १३ पुस । तराईमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन समस्या परेकाले वार्ता र संवादको माध्यमबाट यथाशीघ्र समाधान खोज्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

लामो समयदेखि तराईमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको छ’–आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले लामो समयदेखि तराई बन्द र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिकीमा समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ । सोहीअनुरूप आयोगले बुधबार गृहमन्त्री शक्ति बस्नेतलाई भेट गरी तत्काल समस्या समाधान गर्न आग्रह पनि गरेको थियो ।

आयोगले आम नागरिकको अभिभावकको रूपमा मानव अधिकारको सम्मान, संरक्षण र परिपालन गर्नमा राज्यले अझ बढी गम्भीर भूमिका निर्वाह गर्नुपर्ने मागसमेत गरेको छ । रासस