३० आश्विन २०८३, शुक्रबार

आँधीबाट अमेरिकामा ४० भन्दा बढीको मृत्यु, सयौं घरवारबिहिन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-Fllodहोस्टोन (संयुक्तराज्य अमेरिका), १३ पुस । दक्षिणी अमेरिकी राज्यमा आएको आँधी र बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी पुगेको जनाइएको छ ।

सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । यस आँधीले टेक्सासको दल्लास्को क्षेत्रमा सप्ताहन्त्य सम्ममा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

प्रतिघण्टा कम्तीमा पनि ३०० किलोमिटरको बेगमा सो आँधी आएको समाचारमा बताइएको छ ।

U.S.-DALLAS-TORNADOES-AFTERMATHयस घटनामा मारिएकामा आँधीका कारण सडक दुर्घटनामा परेर मारिएका जनाइएको छ । यस आँधी र बाढीमा परी कम्तीमा ४० जना घाइते भएका पनि अधिकारीहरुले पुष्टि गरेका छन् । आँधीबाट सैयौ घरबार विहिन भएका छन् ।

आइतबार त्यहाँ आँधीको चेतावनी दिइएको त छैन । तर पनि मौसमविज्ञान सम्बन्धी निकायले सतर्क रहन सबैलाई सूचित गरेको छ । रासस/सिन्ह्वा