काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अझै नाकाबन्दी नखोलेकोमा चित्त दुखाएका छन् ।
सोमबार विहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई भारतले धोका दिएको आरोप लगाउँदै आक्रोश पोखे ।
पूर्वसमझदारी अनुसार भारतले नाका नखोलेकाले कांग्रेस, एमाले र एमाओवादीको बैठकमा प्रधानमन्त्री ओली भारतविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको एक नेताले जानकारी दिए ।
भर्खरै मात्र भारतको चाहनाअनुसार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव नै पास गरेर मधेसी मोर्चालाई बुझाएको थियो । उक्त प्रस्तावको भारतले सार्वजनिक रुपमै स्वागत गरेको थियो ।
भारतले भन्दै आएको संविधान संशोधन प्रक्रियासमेत सरकारले अघि बढाएपनि सीमानाकामा भइरहेको अवरोध नहटेपछि प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेका हुन् ।
मधेसी मोर्चाको आन्दोलन निहुँ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले दुश्मनको व्यवहार गरेको आरोप पनि लगाए । अब भारतीय नेतृत्वसँग उच्चस्तरमा सिधा कुरा गर्ने मनस्थितीमा ओली पुगेका छन् ।












प्रतिक्रिया