१ कार्तिक २०८३, आइतबार

पौडी खेल्दा एक बालक र सवारी दुर्घटनामा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhapa_district

दमक, २७ असार । झापामा कन्काई नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।

गर्मी छल्न नहरको पानीमा पौडी खेल्ने क्रममा झापा शिवगन्ज–४ का ८ वर्षीय प्रदीप सुन्दासको डुवेर ज्यान गएको हो ।

बिहीबार दिउँसो २ बजे उनी साथीसँग पौडी खेल्न नहरमा हामफालेका थिए । शिवगन्ज–२ को कन्काई मूल नहरमा पस्ने बित्तिकै नहरकै साइफनमा अड्किएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगन्जले जनाएको छ ।

त्यसैगरी भेट्न जाँदैँगर्दा बसको चक्काले कुल्चिएर आमाको मृत्यु भएको छ । बाराको दहियार–४ बस्ने ६२ वर्षीया आमा फूलमाया तेलिन भक्तिनलाई आफू चढेको बसको पछाडिको चक्काले कुल्चिँदा बिहीबार वीरगन्जको बसपार्कमानै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगन्ज आइरहेको ना३ख ३१०० नम्बरको बसबाट झर्ने बित्तिकै सोही बसले पछाडिको चक्काले कुल्चिए उनको ज्यान गएको र उक्त बस तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।