१३ कार्तिक २०८३, शुक्रबार

केरुङ नाकामा सशस्त्र प्रहरीद्वारा एक किलो चाँदीसहित चिनियाँ नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chadiरसुवा, १३ पुस । रसुवा जिल्लाको टिमुरे ४ स्थित भन्सार इलाकाबाट एपीएफ टोली र भन्सार कार्यालयको टोलीले पुस १२ गते करीब एक किलो चाँदीसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ बर्षिया लिया यिजेनी नाम गरेकी महिला छिन् । एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्नेक्रममा चिनको केरुङ्बाट काठमाडौंतर्फ आउँदै गरेको ग. १ य ८४८ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा सवार लिया यिजेनीको साथमा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी उनलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको डिएसपी अजय छतकुलीले जानकारी दिए ।