३० आश्विन २०८३, शुक्रबार

जापानका प्रधानमन्त्रीले दक्षिण कोरियासँग माफी मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SKOREA-CHINA-JAPAN-DIPLOMACY

सोल, १३ पुस । जापानी प्रधानमन्त्री सिन्जो अबेले दोस्रो विश्वयुद्धमा जापानी सेनाले दक्षिण कोरियाका महिलालाई गरेको भनिएको यौनदाशीका विषयमा क्षमायाचना गर्नुभएको छ ।

दोस्रो विश्वयुद्धका समयमा जापानी र दक्षिण कोरियाली सेनाकाबीचमा निकै नै विवाद थियो । सो समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदाशी बनाएको आरोप दक्षिण कोरियाले लगाएको थियो ।

प्रधानमन्त्री आबेले सो विषयमा दक्षिण कोरियासँग क्षमायाचना गर्नुभएको जानकारी जापानी विदेशमन्त्री फुमियो किसिदाले सोमबार दिनुभएको हो ।

SKOREA-CHINA-JAPAN-DIPLOMACYदक्षिण कोरियाको राजधानी सोलमा सोमबार जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीद्वारा गरिएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उहाँले प्रधानमन्त्रीको सो सन्देश पढेर सुनाउनुभएको थियो ।

विदेशमन्त्री किसिदा हाल दक्षिण कोरियाको भ्रमणमा हुनुुहुन्छ । किसिदा र दक्षिण कोरियाली विदेशमन्त्री योङ बियोङले सोमबार दक्षिण कोरियाको सोलमा संयुक्त पत्रकार सम्मेलन गर्नुभएको हो ।

प्रधानमन्त्री आबेले सो घटनाका लागि आफूले जापानका तर्फबाट क्षमामाग्दै यसबाट दक्षिण कोरियाली नागरिकहरुमा पर्न गएको दूःखप्रति गहिरो चासो पनि व्यक्त गर्नुभएको बताइएको छ ।

यस विषय जापान र दक्षिण कोरियाबीचको विगत लामो समयदेखिको विवादास्पद विषयका रुपमा रहेको थियो ।
दक्षिण कोरियाले जापानले गरेको यस गल्तीका लागि माफी माग्नुपर्ने माग विगतदेखि नै गर्दै आएको थियो । दोस्रो विश्वयुद्धका यी प्रतिद्वन्द्वी राष्ट्रको सम्बन्धमा पनि यसै विषयका कारण दरार उत्पन्न हुँदै आएको थियो । रासस/सिन्ह्वा