काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको संकट मोचनका लागि पशुपतिनाथको दर्शन तथा रुद्राक्षाभिषेक गर्नुभएको छ ।
आज (सोमबार) पशुपतिनाथको मन्दिर पुग्नु भएकी राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन तथा राष्ट्रको विद्यमान संकटमोचन र सबै नेपालीहरूको सुःखशान्तिको कामना गर्दै पशुपतिनाथमा पञ्चामृतसहितको रुद्राक्षाभिषेक पूजाअर्चना गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले आफ्नो पुष महिनाको पारिश्रमिक बापतको रकम आर्थिक सहायता स्वरुप पशुपतिक्षेत्र विकास कोषलाई चन्दा दिनु पनि भएको छ ।












प्रतिक्रिया