
फाइल तस्बिर
काठमाडौं, १३ पुस । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको मधेसी मोर्चा र थारु सांसदहरूले आज पनि सदनमा नाराबाजी र घेराउ गरेका छन् ।
संसदको बैठक चल्नेवित्तिकै मधेसी मोर्चा आवद्ध दलका सांसद र थारु सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले आन्दोलनमा उठाइएका माग पूरा गर भन्दै नारावाजी गरेका थिए ।
मधेसी मोर्चाको अबरोध भए पनि संसदको बैठक चलेको छ । बैठकमा विभिन्न विधेयकहरू पेश भएका छन् ।
व्यवस्थापिका संसदले एशियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौता अनुमोदन भएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले एशियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौतालाई अनुमोदन गरियोस भनि पेश गर्नुभएको थियो । संसदले विधानलाई अनुमोदन गरेको छ ।
यसअघि आइतबारको बैठकमा गणपुरक संख्या नपुगेपछि स्थगित भएको संसदको आजको बैठकमा भने सांसदहरूको बाक्लो उपस्थिति छ ।












प्रतिक्रिया