२३ कार्तिक २०८३, सोमबार

कांग्रेस मूल्याङ्कनका आधारमा चल्नुपर्छ : उपसभापति पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudelपाल्पा, १३ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले कांग्रेस पनि परिवर्तन र गतिशील हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पे्रस युनियन, पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले कांग्रेसमा भागबन्डाका आधारमा राजनीति हुँदै आएकामा अब पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले कांग्रेसको नीतिगत बहस हुन जरुरी रहेको र काँग्रेस बदलिएर देशलाई बदल्नुपर्ने बताउनुभयो ।

उपसभापति पौडेलले संविधान जारी गर्ने पक्ष र मधेसी दलहरुबीच समस्या समधान गर्ने विषयमा राजनीतिक तहमा छलफल भइ रहेको उल्लेख गर्नु भयो ।

कांग्रेसको १३औँ महाधिवेशन नजिकै आउँदै गरेको अवस्थामा नेता पौडेल संविधान, सद्भाव अभियानसँगै चुनावी प्रचारमा जिल्ला भ्रमण रहनु भएको छ ।

पाल्पामा कांग्रेसका कार्यकर्ताहरुमा चुनावी माहोल बढेको छ । रासस