
काठमाडौं, १३ पुस । इलाम जिल्लास्थित मेची राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धरानबाट पाँचथर जाँदै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स आज बिहान करिव चार बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथरीकी रेणु अधिकारी, आनन्द अधिकारी र नरमाया चौहान रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकबाट अन्दाजी दुई समय मिटर तल खसेको छ ।












प्रतिक्रिया