१ कार्तिक २०८३, आइतबार

एमालेमा आजबाट मतदान, कस्ले मार्ला बाजी ? ‘क्रस भोटिङ’ धेरै हुने अनुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-madhav

काठमाडौं, २७ असार । आज हुने मतदानले एमालेको नयाँ नेतृत्व चयन गरिने भएको छ ।

मतदान बिहान ८ बजे शुरु हुने भनिए पनि केही तयारी र व्यवस्थापनका कारणले ढिला भएको हो । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिंदैछन् ।

एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ । त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले औपचारिकरुपमै आ आफ्नो प्यानल घोषणा गरिसक्नु भएको छ ।

जसअनुसार नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे उम्मेदवार बनाएको छ । यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, परशुराम मेघी गुरुङ र वेदुराम भूषाललाई अघि सारिएको छ ।

यसैगरी ओली समूहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता गरिएको छ । उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदिप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङ र रघुवीर महासेठको उम्मेदवारी दर्ता भएको छ ।

नेताहरु टिम नै बनाएर मैदानमा उत्रिएपनि ‘क्रस भोटिङ’ धेरै हुने अनुमान गरिएको एक नेताले बताए ।