दार्चुला, २७ असार । दार्चुलाका अधिकांश छात्रा महिनावारी भएको बेला विद्यालय नजाने गरेको पाइएको छ ।
महिला तथा बालबालिका कार्यालय दार्चुलाले जिल्लाको रिठाचौपाता र बोहरी गाविसमा सङ्कलन गरेको तथ्याङ्कअनुसार महिनावारी भएका बेला छात्राहरू विद्यालय नजाने गरेको पाइएको हो ।
अधिकांश विद्यालय जाने बाटोमा देवीदेउताको मन्दिर पर्ने भएकाले अभिभावकहरूले महिनावारी भएका बेला छोरी तथा बुहारीलाई विद्यालय नपठाउने गरेको पाइएको सो कार्यालयले जनाएको छ ।
यसका साथै विद्यालयहरूमा छात्रा मैत्री शौचालय निर्माण नहुँदा सुरुमा विद्यालय भर्ना भए पनि पछि बीचमै कक्षा छोड्ने गरेको पाइएको छ ।
पछिल्लो समय छोरीबुहारीलाई सहरका विद्यालय पठाउनुपर्छ भन्ने संस्कार विकास हुँदै गए पनि घरधन्दाको काममा महिलाले खट्ने भएकाले उनीहरूलाई शिक्षा आर्जनमा प्रत्यक्ष असर परिरहेको तथ्याङ्कले देखाएको छ ।
















प्रतिक्रिया