२३ कार्तिक २०८३, सोमबार

गणपुरक संख्या नपुगेपछि संसदको बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १२ पुस । व्यवस्थापिका संसदको बैठकमा गणपुरक संख्या नपुगेपछि भालि सोमबारसम्मका लागि बैठक स्थगित भएको छ ।

आजको संसद बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गणपुरक संख्या नपुगेको भन्दै प्रश्न उठाएपछि सांसदको संख्या संसद सचिवालयका कर्मचारीहरूले गणना गरेका थिए ।

तर बैठक सञ्चालनका लागि आवश्क पर्ने १ सय ४९ सांसद पनि सहभागी नभएपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा जम्मा १ सय २४ जना सांसद थिए । बैठकमा मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक २०७२ माथि छलफल चलिरहेको थियो ।

बैठकमा मधेसी मोर्चाका सांसदहरू सहभागी भए पनि नाराबाजी र घेराउ गरिरहेका थिए । उनीहरूको नारावाजी र घेराउले सदनलाई अबरोध भने गरेको थिएन ।