
काठमाडौँ, १२ पुस । निर्धारित समयभन्दा सवाघन्टा ढिलो प्रारम्भ भएको आजको व्यवस्थापिका-संसद्को बैठकमा सभामुखसँग लिएर सद्भावना पार्टीका सांसद् नरसिंह चौधरीले तराई–मधेसमा जारी आन्दोलन दबाउन गृह प्रशासनबाट हस्तक्षेप भएको भन्दै विरोध गर्नुभयो ।
विराटनगरमा आफ्ना पार्टी अध्यक्ष राजेन्द्र महतोमाथि कुटपिटको विरोध गर्दै उहाँले भूकम्पबाट पीडित सिन्धुपाल्चोकलगायत स्थानका सर्वसाधारणको जीवन कष्टकर बनेको बताउनुभयो ।
तराई–मधेसको आन्दोलन र भूकम्पपीडित जनताका समस्या तत्काल समाधान गर्न उहाँले सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस












प्रतिक्रिया