२३ कार्तिक २०८३, सोमबार

काठमाडौँ एयरपोर्टमा भेटियो एक किलो अबैध सुन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold_mising_Silver

काठमाडौँ, १२ पुस । मलेसियन एयरको जहाजबाट काठमाडौँ आएका एक यात्रु एक किलो सुनसहित पक्राउ परेका छन् ।

मलेसियन एयरको एमएच ११४ नम्वरको उडानद्धारा क्वालालाम्पुरबाट नेपाल आगमन भएका पासपोर्ट नम्बर विसी ०४३६४४९ का वंगलादेशी नागरिक ३२ बर्षीय शाहिद खान १ किलो अवैध सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शनिबार उनले कम्मरमा लुकाई छिपाई ल्याएको १ सय ग्रामको १० वटा टुक्रामा रहेको उक्त सुन बरामद भएको थियो ।