२३ कार्तिक २०८३, सोमबार

संसदमा आजदेखि संशोधन विधेयकमा छलफल हुने, सूचना टाँस्ने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौं, १२ पुस । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकमाथि छलफल सुरु हुने भएको छ । सरकारले संसदमा पेश गरेको विधेयकमाथि आजदेखि छलफल गर्ने तयारी संसद सचिवालयले जनाएको छ ।

संशोधन प्रस्तावमाथिको छलफल हुने भनिएपनि मधेसी मोर्चाले बिरोध गर्ने जनाएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुका माग सम्बोधन नभएकाले आजको बैठक पनि अबरोध गर्ने तयारी गरिरहेको बताउनुभयो ।

मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने विषयमा प्रमुख दलहरुबीच छलफल चलिरहेको बताउनुभयो ।

संसदको बैठक दिउँसो एक बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने कार्यक्रम छ ।