२८ आश्विन २०८३, बुधबार

मधेशकेन्द्रित दलहरुबीच एकता अपरिहार्य : यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-Yadavकाठमाडौं, १८ वैशाख । तराई मधेश सदभावना पार्टी नेपाल (तमसपा)का अध्यक्ष महेन्द्र यादवले मधेश केन्द्रित दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् ।

यादवले विगत पाँच/छ वर्षमा मधेशकेन्द्रित दलहरु आफ्नै अहंकार र विभिन्न बहानामा विभाजित भइ मधेशको मुद्दा कमजोर भएको स्वीकार गरे । काठमाडौंमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले मधेशवादी दलहरुका बीच एकता अपरिहार्य रहेको बताए ।

उनले विभाजनका पीडाले मधेशलाई घाटा भएको र मधेश मुद्दा कमजोर भएको उल्लेख गरे । उनले सिद्धान्त र मुद्दा मिल्ने दलहरुसँग एकीकरण गर्नका लागि तयार रहेको बताए ।
‘अहिले विस्तृत छलफल र बहस गर्नका लागि हामीले गठन गरेका छौं, त्यसबाट हामीले टुंगो लगाउँछौं,’ उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठूला दलहरुले गणितीय हिसाबमा संविधान बनाउन खोजेको आरोप लगाए । उनले गणितीय हिसाबले संविधान बन्यो भने आफूहरुलाई मान्य नहुने र देशमा दिगो शान्ति स्थापना नहुने धारणा राखे ।