२३ कार्तिक २०८३, सोमबार

राप्रपा अध्यक्ष राणाले आज पदबाट राजीनामा दिँदै, किन आउन लाग्यो राजीनामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasupati-Ranaकाठमाडौं, ११ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आज आफ्नो पदबाट राजीनामा दिन लाग्नु भएको छ ।

उहाँले राजीनामा दिएलगत्तै नयाँ अध्यक्षमा लोकेन्द्रबहादुर चन्दलाई सर्वसम्मत निर्णय गर्ने तयारी राप्रपामा भएको छ ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज काठमाडौंको बसुन्धरास्थित एक पार्टीप्यालेसमा बस्दैछ ।

पूर्व सहमतिअनुसार बैठकमा राणाले अध्यक्ष पदबाट राजीनामा दिइ वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्षमा प्रस्ताव गर्नुहुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

सो प्रस्तावलाई वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने गिरीले बताउनुभयो ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि तीन शीर्ष नेता अध्यक्ष राणा, वरिष्ठ नेताद्वय चन्द र डा.लोहनीबीच भएको सहमतिअनुसार पार्टीको अध्यक्षमा चक्रीय पद्धतिअनुसार हुनेछ ।

बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालय विभाजन गरेकोमा सो विषयमा पनि छलफल केन्द्रित हुने र सरकारलाई दिएको समर्थनमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।